दफा ५६
आचार संहिता बनाई लागू गर्ने
(१) परिषद्ले परिषद्‌, समिति, संघ, संघका पदाधिकारी तथा परिषद्का कर्मचारी, खेलाडी, प्रशिक्षक, खेल व्यवस्थापक, रेफ्री तथा खेल आयोजकले पालना गर्नु पर्ने विषयका सम्बन्धमा आचार संहिता बनाई लागू गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।